May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
1:37:26 pm

ओलीलाई राजीनामा गर्न लगाएर कुनै राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउने पहल भइरहेको भारतका पूर्वविदेश सचिवको टिप्पणी

4.5K

काठमाडौं–नेपालका लागि पूर्वराजदूत एवं भारतका पूर्वविदेशसचिव श्याम शरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न लगाएर कुनै राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउने पहल भइरहेको टिप्पणी गरेका छन्। भारतीय पत्रिका ‘दि ट्रिब्युन’ मा नेपालसम्वन्धी एक लेख प्रकाशित गर्दै उनले विवादास्पद छवि नभएका कुनै राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउन पहल भइरहेको दावी गरेका हुन्।

श्यामशरणले प्रधानमन्त्री ओलीले सो पहलको विरोध गर्नेसमेत उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘पछिल्लो संकट कसरी अगाडि बढ्छ, हामीले प्रतिक्षा गर्नुपर्छ र हेर्नुपर्छ।’

नेकपाको विभाजन रोक्न चिनियाँ पक्षको नेपाल भ्रमण भइरहेको र ओलीको कदममा भारतीय हात रहेको आरोप लागेको समयमा उनले यस्तो टिप्पणी गरेका छन्। उनी नेपालबारे समेत जानकार भएकाले यो टिप्पणीलाई चासोका साथ हेरिएको छ।

Advertisement

उनले नेकपामा पछिल्लो समयमा देखिएको विवाद मिलाउन चीन लागेकोसमेत दावी गरेका छन् । ‘निश्चय नै चाइनिज एक्टिभिस्ट–राजदूत रेफ्रीको भूमिकामा नेकपाका विभिन्न गुट एकीकृत बनाउन व्यस्त रहेकी छिन्,’ उनले लेखेका छन्, ‘चीनले एकताको अन्तिम प्रयास गर्नका लागि चार सदस्यीय पार्टी टिमलाई नेपाल पठाएको छ, यसले पछिल्लो घटनाक्रमप्रति चीनको चासोलाई प्रतिविम्बित गर्छ।’ 

‘के जानकारीमा आएको छ भने प्रधानमन्त्री केपीमाथि संसद भंगको निर्णय उल्टाउन र नेतृत्व परिवर्तन स्वीकार गर्न दबाव दिइएको छ,’ उनले लेखेका छन्।