May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
1:37:26 pm

कुवेतमा गैरकानूनी रुपमा बसेका बिदेशी श्रमिकहरुलाई आममाफी थप

3.5K

 कुवेत | गैरकानूनी रूपमा बसोबास गरिरहेका  बिदेशी श्रमिकहरुलाई दिएको आममाफी एक महिना थपेको छ । यो सँगै अवैध रुपमा बस्दै आएका नेपाली श्रमिकहरुले पनि अवसर पाउने छन् । 

कुवेत सरकारले गैरकानूनी रूपमा बसोबास गरिरहेका विदेशी  कामदारलाई कानूनी रुपमा बस्न पाउने  वा जरिवाना तिरेर देश छोड्न दिएको अवसर डिसेम्बर ३० तारिखमा सकिएको थियो । यो  सँगै थप एक महिनाको समय दिएको आन्तरिक मन्त्रालयले जनाएको स्थानीय समाचार माध्यममा खबर छ ।

पछिल्लो आममाफी जनवरी १, २०२० भन्दा पहिले गैरकानूनी रूपमा बसोबास गर्ने प्रवासीहरूलाई लागू हुने जनाएको छ । कुवेत सरकारले  दिएको एक महिनाको अवधिमा १ हजार जनाले आममाफीको फाईदा लिएको मन्त्रालयले जनाएको छ ।

Advertisement

देशमा बसोबास गर्न चाहने अवैध विदेशी श्रमिकहरुले  समयावधिले डिसेम्बर ३१ देखि  जनवरी सम्ममा रेसिडेन्सी मामिला विभागमा गएर आवश्यक जरिवाना तिर्नुपर्ने जनाएको छ ।

जरिवाना तिरेपछि उनीहरूलाई देश छोड्ने निश्चित अवधि दिइनेछ र कुवेत फर्कने अनुमति दिइने जनाएको छ । आफूलाई कानूनी बनाउन वा निर्धारित अवधिमा मुलुक नछोडे कानूनी उपायहरू अपनाउदै डिपोट गरिने र यसरी फिर्ता पठाइएकाहरुले पुन: कुवेत प्रवेशमा प्रतिबन्ध लगाइने मन्त्रालयले जनाएको छ ।