May 6, 2024, Monday
२०८१ बैशाख २४
1:37:26 pm

चरमपन्थीको आक्रमणमा नाइजरमा ७९ जनाको मृत्यु

2.2K

काठमाडौँ- नाइजरमा इस्लामी चरमपन्थीको आक्रमणमा कम्तीमा ७९ सर्वसाधारणको मृत्यु भएको छ ।

मालीको सीमा नजिक दुई गाउँमा संदिग्ध इस्लामी चरमपन्थीको आक्रमणमा कम्तीमा ७९ जनाको मृत्यु भएको रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

घटनामा अन्य १७ जना घाइते भएका छन् । स्थानीय अधिकारीले टिल्लाबारी क्षेत्रस्थित चोमाबान्गोउ नामको गाउँमा भएको हमलामा ४९ जनाको मृत्यु भएको छ । सोही क्षेत्रको जाराउम्डारेमा भएको हमलामा ३० जनाको मृत्यु भएको छ ।

Advertisement

जुन इलाकामा सन् २०१७ देखि अपातकाल लागू छ। घटनाबारे नाइजर सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।