May 4, 2024, Saturday
२०८१ बैशाख २२
1:37:26 pm

अमेरिकी सिनेटरको एउटा समूहद्वारा जो बाइडेनको जितलाई आधिकारिकता दिन अस्वीकार

1.8K

न्युयोर्क – अमेरिकी सिनेटरको एक समूहले राष्ट्रपतिमा विजयी जो बिडेनको जितलाई आधिकारिकता प्रदान गर्न अस्वीकार गर्ने भएका छन् ।

नक्कली मतदाताबारे छानबिन गर्न आयोग गठन नभएसम्म केही रिपब्लिकन सिनेटरले इलेक्टोरल कलेज मत सदनबाट हुने प्रमाणिकरण नमान्ने बताएका हुन् ।

राष्ट्रपतिमा निर्वाचित बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्न अन्तिम प्रयासमा रिपब्लिकन सिनेटर लागेका छन् । टेड क्रुजको नेतृत्वमा ११ सिनेटर तथा नवनिर्वाचित सिनेटरले चुनावमा धाँधली भएको बारे आयोग नबनेसम्म बाइडेनको जितलाई प्रमाणिकरण नगर्ने बताए ।

Advertisement

त्यस्तै उनीहरुले सदनबाट हुने प्रमाणिकरणमा १० दिन ढिलाइ गरिनुपर्ने बताएका छन् । यद्यपि अधिकांश सिनेटर त्यसको पक्षमा नरहेका कारण यसले सफलता नपाउने बताइएको छ ।

जनवरी ६ तारिखमा सदनले बाइडेनको जितलाई प्रमाणिकरण गर्ने तालिका छ । राष्ट्रपति चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै हार स्वीकारेका छैनन् ।

राष्ट्रपति ट्रम्पको चुनावको नतिजा आफ्नो पक्षमा उल्ट्याउने कानूनी प्रयास प्रमाणको अभावमा अदालतले खारेज गरिसकेका छन् । त्यसपछि उनले इलेक्टोरल कलेज मतदातालाई प्रभावित गर्ने असफल प्रयास गरे ।

अब ट्रम्पले सिनेटको अन्तिम विकल्प अपनाउने प्रयास गरेका हुन् । बाइडेनले गत नोभेम्बर ३ मा भएको चुनावमा ३ सय ६ इलेक्टोरल कलेज मत ल्याउँदै विजयी भएका छन् । ट्रम्पले २ सय ३२ इलेक्टोरल कलेज मत जिते ।