May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

राधा र कृष्ण बन्दा यस्ता देखिए पल र रेश्मा

2.1K

काठमाडौँ – एजिएल इन्टरटेन्मेन्टको प्रस्तुतीमा बनेको ‘क्या मज्जा आको’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतको भिडियोमा नायक पल शाह र मोडल रेश्मा घिमिरे फिचर्ड छन् । जसमा उनीहरु राधा र कृष्णको भूमिकामा छन् ।

उक्त भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका हुन् । राजनराज सिवाकोटीको संगीत रहेको यस गीतमा राजनराज र मेलिना राईको स्वर छ । भिडियोमा कलाकार निर्मल शर्माले पनि अभिनय गरेका छन् । नाटकमा रहने कलाकारहरुको रिहर्सलको परिवेश देखाइएको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नबिन निरौलाले सम्पादन तथा कलर ग्रेडिंग गरेका हुन् ।

Advertisement