May 3, 2024, Friday
२०८१ बैशाख २१
1:37:26 pm

श्रीमतीलाई खुकुरी हानेर हत्या गर्ने पक्राउ

2.4K

काठमाडौँ – आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा देउमाई नगरपालिका-८ आमबोटे बस्ने ३३ वर्षीय सुवाश राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादकै क्रममा श्रीमती २७ वर्षीया नम्रता राईलाई सुवाशले खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement