May 4, 2024, Saturday
२०८१ बैशाख २२
1:37:26 pm

बहुमत र अल्पमतको कुरा छाडेर सबै भावनालाई समेटौँ– कूल आचार्य

4.5K

लण्डन – गैर–आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व उपाध्यक्ष तथा बर्तमान सल्लाहकार कुल आचार्यले बहुमत र अल्पमतको कुरा छाडेर सबै भावनालाई एनआरएनएले समेटेर जानु पर्ने बताएका छन् । नेपाल मामिलाले आयोजना गरेको विशेष सम्वादमा आफ्नो कुरा राख्दै आचार्यले कोरोना महामारीको अवस्था र विभिन्न समयमा गरिएका एकलौटी बैठकहरुले एनआरएनएको नेतृत्वमा शंका उत्पन्न भएकाले एनआरएनएले गर्ने भनिएको विशेष अधिवेशनको विषयमा असन्तुष्टि जनाउनु भएको छ ।

आचार्यले विधान सम्मेलन जस्तो गरेर छरपस्ट रुपमा धेरै छलफलहरु आयोजना गरिएकाले एनआरएनएमा विभिन्न किसिमका समस्याहरु उत्पन्न भएको बताउदै विशेष अधिवेशन भन्दा पहिले आइसीसीमा उठेका समस्याहरुको समाधान गर्नु पर्ने बताए ।

योसँगै यही जनवरी २३ र २४ मा गर्ने भनिएको विशेष अधिवेशनको विषयमा अन्योलता बढेको छ । विशेष गरी एनआरएनएको नवौं महाधिवेशनबाट असन्तुष्ट रहेको एउटा पक्षले विशेष अधिवेशनको विषयमा असन्तुष्टि जनाउदै आएको छ । एनआरएन नेतृत्वभित्रै दुई खेमामा देखिएका संस्थापन पक्ष र असन्तुष्ट पक्षबिचको विवादका कारण विशेष अधिवेशन हुन्छ कि हुँदैन भन्ने विषयमा अन्योलता बढेको हो ।

Advertisement

संस्थापन पक्षले महाधिवेशनको तयारी तिव्र बानाउदै जादाँ असन्तुष्ट पक्षले भने विशेष अधिवेशनको औचित्यमाथि प्रश्न उठाइरहेका छन् ।

पूरा भिडियो हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस ।

https://www.facebook.com/watch/live/?v=160076275563899&ref=watch_permalink