May 5, 2024, Sunday
२०८१ बैशाख २४
1:37:26 pm

अर्थमन्त्रीले भेटे रामचन्द्र पौडेललाई

5.7K

काठमाडौं- प्रतिनिधि सभा विघटनको कदममा समर्थन जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री विष्णु पौडेललाई ‘दूत’ बनाएर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न पठाएका छन्।

प्रधानमन्त्री ओलीको कदममा चर्को विरोध जनाउँदै सशक्त प्रतिवादमा उत्रने पक्षमा रहेका कांग्रेस नेता पौडेललाई भेट्न ओलीले अर्थमन्त्री पौडेललाई बिहीबार उनकै निवासमा भेट्न पठाएका हुन्। अर्थमन्त्री भेट्न आएको कांग्रेस नेता पौडेलले पुष्टि गरेका छन्। 

पार्टी सभापति शेरबहादुर देउवा प्रतिनिधि सभा विघटनमा तुलनात्मक रूपमा पौडेलभन्दा नरम देखिएका छन्। प्रधानमन्त्रीको कदमलाई सिंगो कांग्रेसको समर्थन जुटाउन अर्थमन्त्री कांग्रेस नेता पौडेलकहाँ पुगेका थिए।

Advertisement

कांग्रेस र ओली पक्षीय नेकपाका दुई नेताहरूबीच एक घण्टाभन्दा बढी छलफल भएको बताइएको छ। प्रधानमन्त्रीले संविधानलाई नै धरापमा पारिरहेको आवाज उठाउँदै आएका पौडेललाई भेट्न अर्थमन्त्री रामचन्द्र निवास बोहोराटार पुगेको विषयलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

नेकपाको प्रचण्ड-माधव समूहका मागतर्फ कांग्रेस नेता पौडेल ढल्केको आशंकामा प्रधानमन्त्री ओलीले अर्थमन्त्री पौडेललाई बोहोराटार पठाएको बुझिएको छ।