May 2, 2024, Thursday
२०८१ बैशाख २०
1:37:26 pm

खोटाङमा नेकपालाई झड्का, एकै पटक नेकपाका सय जना बढी कार्यकर्ता कांग्रेसमा प्रवेश (भिडियो सहित)

4.9K

खोटाङ: नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता रबि प्रकाश राईले बहुमत प्राप्त ओली नेतृत्वको बर्तमान सरकारले जनतालाई झुटो आश्वासन बाहेक केही दिन नसकेको बताएका छन् । प्रतिनिधिसभा बिघटन विरुद्ध नेपाली कांग्रेसको देशव्यापी विरोध कार्यक्रम अन्तर्गत खोटाङमा आयोजना गरिएको कार्यक्रममा नेता राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपाली जनताको जनमत र प्रतिनिधि सिट संख्या जिते पनि जनताको मन भने जित्न नसकेको बताए ।

उनले नेपाली जनतालाई पानीजहाज, रेल र घरघरमा ग्यासको पाइप पुर्यादिने झुटो आश्वासन दिएर बर्तमान सरकारले जनताको सपना माथी खेलबाड गरेको आरोप लगाए । कम्युनिष्ट सरकारले सत्ताको कुर्सीमा पुगेर भ्रष्टाचार मात्र फैलाएको आरोप लगाउदै नेता राईले नेपालको समृद्धिका लागि सबै राजनीतिक पार्टीहरुको एकता आवश्यक पर्ने बताए ।

खोटाङमा भएको कांग्रेसको सोही देशव्यापी विरोध कार्यक्रम अन्तर्गत उक्त जिल्लाको खोटेहाङ गाउँपालिका ३ सावा कटहरेका ५५ र गाउँपालिका १ लिकुवा पोखरीका ४५ जना नेकपाका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । लिकुवा पोखरीका नवराज विष्ट, भुवन विष्ट धनराज राई, नगेन राई, मुकेश राई लगायतका कार्यकता कांग्रेसमा प्रवेश गरेका हुन् ।

Advertisement

त्यसै गरि गाउँपालिका ३ सावा कटहरेका शुक्रराज राई, भरत विक, तेन्जिङ शेर्पा, रविन सेन्चुरी लगायतका ५५ जना कांग्रेसमा प्रवेश गरेका हुन् । कार्यकताहरुलाई युवा नेता राई लगायतका पदाधिकारीहरुले पार्टीमा प्रवेश गराएका हन् ।

https://www.youtube.com/watch?v=iZ05I7MtRqU&fbclid=IwAR3Ut6YG8tgUpi69TGGg6kE_AhleMkjdiJsXynejj6yv0not8EXY5LC-7GU