May 4, 2024, Saturday
२०८१ बैशाख २२
1:37:26 pm

विश्वको सबैभन्दा चिसो सहर नोरिल्स्क

3.5K

काठमाडौँ – विश्वको सबैभन्दा चिसो सहरका रुपमा परिचित यो शहरको नाम हो नोरिल्स्क ।

यो शहरमा वर्षको ३ सय ६५ दिनमा २ सय ७० दिन हिँउ जम्ने गर्छ । रुसको राजधानी सहर मस्कोबाट यो शहर करिब २ हजार ९ सय किलोमिटरको दूरीमा छ ।

यो शहरमा केवल विमान वा डुङ्गाको प्रयोग गरेर जान सकिन्छ । यो शहरको तापमान अधिकतम माइनस १० देखि न्यूनतम माइनस ६१ डिग्री रहने गरेको छ। यो सहरको आवादी भने १ लाख ७५ हजार छ। यहाँ डिसेम्बरदेखि जनवरीसम्म सूर्योदय नै हुँदैन ।

Advertisement

यो शहर निकै चिसो हुँदाहुँदै पनि प्रदूषणमुक्त भने छैन । माइनिङ रिफाइनिङको कारण यो शहर प्रदूषित बन्न पुगेको छ । वातावरणमा फैलिएको सल्फर डाइअक्सइडको कारण करिब ३० किलोमिटर वरपरका सबै रुख विरुवाहरु लोप भएका छन् ।