May 6, 2024, Monday
२०८१ बैशाख २४
1:37:26 pm

सुनको मूल्य तोलामा ४ सय बढ्यो

1.6K

काठमाडौं- सुनको मूल्य तोलामा ४ सय रूपैयाँले बढेको छ। मंगलबार सुनको मूल्य तोलामा ४ सय रूपैयाँले बढेर ९२ हजार ८ सय रूपैयाँ कायम भएको छ।

सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो। आइतबार र सोमबार स्थिर रहेको चाँदीको मूल्य मंगलबार भने तोलामा ५ रूपैयाँ घटेको छ।

सोमबार १२ सय ६० रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि १२ सय ५५ रूपैयाँ कायम भएको नेपाल सुचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement