May 6, 2024, Monday
२०८१ बैशाख २४
1:37:26 pm

खोटाङबाट २ सय ६७ जना नेकपाका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

7.3K

काठमाडौँ – नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता रबि प्रकाश राईले बहुमत प्राप्त कम्युनिष्ट सरकारले नेपाली जनतालाई झुटो आस्वासन मात्र बाँडेको बताएका छन् । गत शनिवार खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका पातेखामा भएको बिरोध कार्यक्रममा बोल्दै नेता राईले नेकपालाई जनताले विश्वास गरेर झण्डै दुइ तिहाइ मत दिएर सरकार संचालनको जिम्मा दिए पनि ओली नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए ।

उनले भने – “नेपाली जनताले नेपाल कम्युनिस्ट पार्टीलाई पहिलो पार्टी मात्रै होइन झण्डै दुईतिहाइको सरकार बनाउने अवसर दिए तर पाँच बर्ष नपुग्दै जनताको विस्वासलाई कुल्चेर संविधानलाई खाडलमा पुर्ने कुचेष्टा गरे ।”

त्यस्तै उनले देश, जनता र व्यवस्थालाई आफ्नो निजी सम्पत्ति ठान्नेहरुले प्रतिनिधि सभा बिघटन गरेको भन्दै कम्युनिस्टहरुले देशलाई अहिले दलदलमा फसाएकोले देशलाई दलदलबाट माथि उकास्ने र सम्पूर्ण नेपालीहरुलाई सयौं थुङ्गा फूलको एउटै मालामा गाँस्न सक्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको दावी गरे ।

Advertisement

प्रतिनिधिसभा बिघटन विरुद्ध नेपाली कांग्रेसको देशव्यापी विरोध कार्यक्रम अन्तर्गत खोटाङमा आयोजना गरिएको उक्त कार्यक्रमबाट दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका पातेखाका २६७ जना नेकपाका कार्यकर्ता नेपाली कांग्रेशमा प्रवेश गरेका छन् । नव पार्टी प्रवेशीहरुलाई नेता राईले स्वागत गरे।