May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

आमहड्ताल अपडेट: जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, नेता झा घाइते

1.9K

जनकपुर: पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाले आम हड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपका क्रममा दाहाल-नेकपा पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् ।

नेता झाको टाउकोमा चोट लागेको छ । झडपका क्रममा केही गाडीमा समेत तोडफोडसमेत भएको छ । यस्तै,प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समेत जनाएको छ ।

Advertisement