May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

बच्चा जन्मिएको कति समयपछि घर बाहिर निकाल्नु उपयुक्त हुन्छ ? (पूरा पढ्नुहोस)

2K

एजेन्सी – साधारणतया समयअगावै जन्मिएक बच्चा वा कुनै स्वास्थ्य समस्याबाट ग्रस्त शिशुलाई जन्मेको कम्तिमा दुई महिनासम्म घरबाट बाहिर ननिकाल्न सल्लाह दिइन्छ । यति समयमा शिशुको प्रतिरोधी क्षमता थोरै विकसित भइसकेको हुन्छ । 

शिशुलाई प्रदुषणरहित वातावरणमा निकाल्नु राम्रो हुन्छ तर यतिबेला तपाईंले शिशुको सुरक्षाका लागि केही कुरामा ध्यान दिन आवश्यक छ । 

शिशुलाई घर बाहिर निकाल्नुका फाइदाः

Advertisement

शिशुलाई घर बाहिर निकाल्दा विभिन्न फाइदा हुनसक्छन्, जस्तैः

भिटामिन डीः शिशुको विकास र प्रतिरोधी क्षमताका लागि भिटामिन डी निकै नै आवश्यक हुन्छ । बच्चालाई दिनमा १५ मिनेटभन्दा बढी घाममा नराख्नुहोस् । 

गहिरो निद्रा लाग्छः

प्राकृति प्रकाशले निद्राको ढाँचा विकसित गर्न महत्वपूर्ण भूमिका निभाउँछ । युनिभर्सिटी अफ लिभरपुलले गरेको एक अनुसन्धान अनुसार दिउँसो बच्चालाई घाममा राख्दा बच्चालाई राती मज्जाले निद्रा लाग्छ । 

प्रतिरोधी क्षमता बढ्छः

नवजात शिशुको प्रतिरोधी क्षमता राम्रोसँग विकसित भएको हुँदैन । शिशुलाई बाहिर निकाल्दा उसको प्रतिरोधी क्षमता बढाउन मद्दत मिल्छ र रोगसँग लड्नका लागि यो सहयोगी हुनसक्छ । 

बाहिर घाममा निकाल्दा बच्चाका लागि मात्रै होइन, आमाका लागि पनि फाइदाजनक हुन्छ । यसले नयाँ आमालाई पोस्पार्टम डिप्रेशनसँग लड्न मद्दत मिल्छ । 

के शिशुलाई बाहिर निकाल्नु खतरनाक हो ?

यदि तपाईंको बच्चा पूर्ण रुपमा स्वस्थ छन् भने उसलाई घर बाहिर निस्कनका लागि कुनै जोखिम छैन । यद्यपि, तपाईंले बढी भीड भएको स्थानमा बच्चालाई लैजानु हुँदैन । यसो गर्दा बच्चा कुनै पनि बिरामी व्यक्तिको सम्पर्कमा आउन सक्छ । 

ध्यान राख्नुहोस् यी टिप्सः

– बच्चालाई मौसम र समयको हिसाबले राम्रोसँग कपडा लगाइदिनुहोस् । 

– शिशुलाई केही समयका लागि मात्रै घरबाट बाहिर लैजानुहोस् । यसले बच्चलाई बाहिरको माहौलमा बिस्तारै एडजस्ट हुने मौका पाउनेछन् । 

– घरबाट बाहिर निस्कनु अघि शिशुलाई दुध खुवाउनुहोस् । बच्चालाई अत्यधिक भीडभाडयक्त स्थानमा नलैजानुहोस् । 

– यसबाहेक बच्चालाई कुनै पनि बिरामी व्यक्तिको सम्पर्कमा आउन नदिनुहोस् ।