May 3, 2024, Friday
२०८१ बैशाख २१
1:37:26 pm

संवैधानिक अगंमा भएको नियुक्ति र शपथग्रहणबारे सरकारलाई सर्वोच्चको कारण देखाउ आदेश

4.6K

काठमाडौँ – सर्वोच्च अदालतले संवैधानिक आयोगमा भएको पदाधिकारी नियुक्ति र शपथग्रहणबारे कारण देखाउ आदेश जारी भएको छ ।

सर्वोच्चले संवैधानिक अंगका पदाधिकाहरुको नियुक्ति र शपथग्रहण रोक्न माग गर्दै परेको रिटमाथि सुनुवाइ गर्दै विपक्षीका नाममा आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । सरकारसँग १५ दिनभित्र लिखित जवाफ पेश गर्ने गरी कारण देखाउ आदेश दिएको छ ।

Advertisement

त्रिपाठीले रिटमा संसदीय सुनुवाइ नगरी गरिएको नियुक्ति गैरसंवैधानिक भन्दै त्यसलाई रोक्न माग गरेका थिए ।

रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संवैधानिक परिषदलाई विपक्षी बनाइएको थियो । पदाधिकारीले भने नियुक्ति र शपथग्रहण गरेर कार्यभार सम्हालिसकेका छन् ।