May 3, 2024, Friday
२०८१ बैशाख २१
1:37:26 pm

माटोको ढिस्कोले पुरेर कैलालीमा तीन युवतीको मृत्यु

4.3K

काठमाडौं- माटो लिनका गएका कैलालीका तीन युवतीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ। दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो १२ बजेतिर कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटाको कालिका सामुदायिक वनमा माटो लिन गएका बेला उनीहरूलाई ढिस्कोले पुरेको थियो। 

माटो लिन गाएका पाँचै जनालाई ढिस्कोले पुरेकोमा २० वर्षीया भावना ओड र १७ वर्षीय धनसरी सवालको घटनास्थलमै मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता, डिएसपी प्रतिक विष्टले बताए।

Advertisement

 ३१ वर्षीया गंगाको उपचारका क्रममा मृत्यु भएको र दुई बालिकाको अवस्था सामान्य रहेको डिएसपी विष्टले बताए।