May 5, 2024, Sunday
२०८१ बैशाख २३
1:37:26 pm

किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउँछौं: मन्त्री अर्याल

1.4K

काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्री पद्‌माकुमारी अर्यालले मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताएकी छन्।

मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारको अवलोकन गर्दै मन्त्री अर्यालले किसानले पसिनाको उचित मूल्य प्राप्त गर्नुपर्ने बताउँदै बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिका निम्ति मन्त्रालयले सोच बनाएको बताइन्।

उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानबाट उत्पादित वस्तुको बजारको ग्यारेन्टी सरकारले गर्ने उनको भनाइ छ। उत्पादनलाई बढवा दिने तथा उत्पादनलाई बजारमा बिक्री हुने वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने मन्त्री अर्यालले बताइन्।

Advertisement

मन्त्री अर्यालले कालीमाटी बजारको फोहोर व्यवस्थापनलाई वैज्ञानिक हिसाबले व्यवस्थापन गर्ने चुनौती रहेको पनि बताइन्।