November 25, 2025, Tuesday
२०८२ मंसिर १०, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अभिनेत्री रानी चटर्जी : भोजपुरी लेडिज सिंघम

अभिनेत्री रानी चटर्जी : भोजपुरी लेडिज सिंघम

मुम्बई : भोजपुरी अभिनेत्री रानी चटर्जी लकडाउनमा परिवारसँग समय बिताइरहेकी छन्। यसका साथै उनी सोसल मिडियामा पनि निकै सक्रिय रहिन्। फ्यानसँग नजिक रहन उनी लगातार आफ्ना तस्बिर सेयर गरेर चर्चामा रहन्छिन्।

हालै रानीले आफ्नो पुरानो बोल्ड तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छन्, जुन निकै भाइरल भइरहेको छ। तस्बिरमा उनले पिंक आउटफिट पहिरिएकी छन्। यो तस्बिरमा फ्यानले जमेर कमेन्ट गरिरहेका छन्। एक फ्यानले लेखेका छन्, ‘झक्काँस’। कसैले लेखेका छन् , ‘शानदार’। त्यहीँ एक सोसल मिडिया प्रयोगकर्ताले कमेन्टमा लेखेका छन्, ‘मलाई लग्छ, तपाईंको तौल केही कम भएजस्तो छ।’

Advertisement

योभन्दा पहिले पनि रानीले आफ्नो हट एन्ड बोल्ड तस्बिरबाट सोसल मिडियामा तहल्का मच्चाइसकेकी छन्। इन्स्टाग्राममा उनका निकै फ्यान छन्। फ्यान फलोइङ पनि राम्रो छ। रानी भोजपुरी फिल्म इन्डस्ट्रीकी निकै चलेको नाम हो।

उनले रवि किसन, मनोज तिवारी, दिनेशलाल यादवलगायत धेरै भोजपुरी अभिनेतासँग काम गरिसकेकी छन्। उनी छिट्टै फिल्म ‘लेडी सिंघम’मा अहम् भूमिकामा देखिँदै छिन्। यो फिल्ममा उनी अभिनेता शक्ति कपुरसँग स्क्रिन सेयर गर्दै छिन्।