July 24, 2024, Wednesday
२०८१ श्रावण ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनएको लोगो र लेटरहेडको प्रयोग तत्काल रोक्न प्रेम गाहामगरलाई आइसीसीको आदेश

एनआरएनएको लोगो र लेटरहेडको प्रयोग तत्काल रोक्न प्रेम गाहामगरलाई आइसीसीको आदेश

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको विधानको धारा ४१ बमोजिम गत हप्ता बर्खास्त भएका प्रेम गाहा मगरले आइसीसीको आदेश बिपरीत अझै पनि संघको लोगो र लेटरहेड प्रयोग गरिरहेको थाहा भएको छ ।

संघका निवर्तमान अध्यक्ष प्रेम गाहा मगरलाई संघको माथिल्लो निकाय आइसीसीले गत मंगलबार एक पत्र जारी गर्दै संघको स्वामित्वका सबै चलअचल सम्पत्ति फिर्ता गर्न र संघको लोगो र लेटरहेडको प्रयोग तत्काल रोक्न भनेको थियो । एनआरएनएको आइसीसीले गत सेप्टेम्बर १३ मा निज प्रेम गाहा मगरलाई उनी एनआरएनए यूकेको विधानको धारा ४१ बमोजिम बर्खास्त भएको पत्र जारी गर्दै एनआरएन र एनआरएनए यूकेको नाममा रहेक जति पनि चल अचल सम्पत्ति र सामग्रीहरु यथासक्य चाँडो फिर्ता गर्न भनेको थियो ।

Advertisement

एनआरएनएको उच्च निकाय आइसीसीका महाचिवद्धय डा. केशब पौडेल र गौरीराज जोशीद्धारा हस्ताक्षरित वर्खास्ती पत्रमा भनिएको छ, “गैरआवासीय नेपाली संघ यूकेको सम्पूर्ण सम्पत्ति, कागजातहरु, कार्यालयका सामग्रीहरुलाई कार्यसमितिलाई आजको मितिले २ हप्ताभित्र हस्तान्तरण गरिदिनु हुन तथा गैरआवासीय नेपाली संघको नाममा कुनै गतिविधि नर्गन नगराउन अनुरोध गर्दछौं”।

तर उनले गएको बिहिबार एनआरएनए यूकेको नाममा एक अवैधानिक जूम भर्चुअल कार्यक्रम गरेका थिए भने संघकै नाममा आगामी केही दिनभित्रै अर्को कार्यक्रम गर्ने सूचना प्रसार गरेका छन् ।

आफू बर्खास्त भएपछि पनि अनाधिकारिक रुपले संघको नाममा कार्यक्रमहरु तय गरेपछि सचिवालयद्धारा जारी सूचना

विहिबार भएको जूम कार्यक्रममा उनले आफूलाई अवैधानिक सावित गर्ने पूर्व सहकर्मीहरु, विशेषगरी उपाध्यक्ष नारायण कँडेल, महासचिव खुशी लिम्बू र कोषाध्यक्ष बिष्णु खरेलविरुद्द प्रतिशोध लिन मुद्दा दायर गर्ने योजना रहेको तर आफूसित आर्थिक संसाधन नभएको भन्दै क्राउड फण्डिङको नाममा उनले चन्दा दिन सबैलाई अपील गरेका छन् ।

स्मरणीय छ, गत बर्ष आफ्ना पुरै प्यानलका साथ विजयी भएका प्रेम गाहा मगरलाई उनी एकलौटी, स्वेच्छाचारी अवैधानिक कृयाकलापमा संलग्न भएको भन्दै गत जुन महिनामा महासचिव खुशी लिम्बूले उनको साथ छोडेका थिए । त्यसपछि सचिवालयका ८५ प्रतिशत पदाधिकारीहरु (प्रवक्ता र महिला सचिव वाहेक) र समितिका दुई तिहाइ सदस्यहरुले गत अगस्ट महिनामा उनीप्रति अविश्वास जाहेर गरेका थिए ।

बेलायतका जम्मा ११,३७३ जना पञ्जिकृत सदस्यहरुले आफू सदस्य बन्दा तिरेको आधा रकम आइसीसीलाई बुझाउने शर्तमा जम्मा भएको ३९,००० पाउण्ड एनआरएनएको आइसीसीलाई पठाउन इन्कार गर्नु, आइसीसीको अध्यक्षलाई बहिष्कार गर्नु, आइसीसीका पदाधिकारीलाई उपेक्षा गर्नु, आफूसंगै निर्वाचित बेलायतका सात जना आइसीसी सदस्यहरुलाई अपमान गर्दै हिंड्नु र आफूसित असहमत जति सबैलाई बर्खास्त गर्दै हिंड्दा उनी आफैं बर्खास्तीमा परेका हुन् ।