April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अनुग्रह ज्वेलर्सले नेपाली मेलामा राफल ड्रको प्रथम पुरस्कारको प्रायोजन गर्ने

अनुग्रह ज्वेलर्सले नेपाली मेलामा राफल ड्रको प्रथम पुरस्कारको प्रायोजन गर्ने

लण्डन । बेलायतस्थित सुन, चाँदी र गहनाहरुका खुद्रा तथा थोक बिक्रेता अनुग्रह ज्वेलर्सले आउने नेपाली मेला २०२२ मा राफल ड्रको लागि प्रथम पुरस्कारको प्रायोजन गर्ने भएको छ । तमू धीं यूकेको आयोजनामा र नेपाली राजदूतावास लण्डनको सह–आयोजनामा आगामी आइतबा २८ अगस्टको दिन बेलायतमा तेह्रौ नेपाली मेला लाग्दैछ ।

तमू धीं यूकेले गत आइतबार २१ अगस्टको दिन तमू नेपाली सामुदायिक भवनमा एक पत्रकार सम्मेलन गर्दै मेला आयोजनाका प्रायोजकहरुबारे समेत जानकारी गराएको हो । उक्त अवसरमा तेह्रौं नेपाली मेलामा हुने राफल ड्रको प्रथम पुरस्कारस्रुप अनुग्रह ज्वेलर्सले एक तोला सुन प्रदान गर्ने भएको छ । त्यस्तै, द्धितीय र तृतीय पुरस्कार भने आइप्याड राखिएको छ । एउटा आइप्याड गोर्खा ट्राभल्सका दिलरस गुरुङले र अर्को आइप्याड एभरेस्ट लिंकका सुमन गुरुङले प्रायोजन गर्ने भएका छन् ।

Advertisement

नेपाली मेलामा सदा झैं विभिन्न जातीय तथा क्षेत्रीय नेपाली संघसंस्थाहरुले आआफ्ना झाँकीहरु प्रदर्शन गर्ने छन् । झाँकी (भेषभुषा, नृत्य, संगीत आदि) प्रदर्शनमा प्रथम हुने संस्थाले ५०० पाउण्ड, द्धितीय हुनेले ३०० पाउण्ड, तृतीयले २०० पाउण्ड पाउनेछन् भने २०० पाउण्डको दुई वटा सान्तवना पुरस्कार पनि राखिएको छ । मेलामा जम्मा ३२ वटा संघसंस्थाहरुले भाग लिने छन् ।

मेला आयोजना गर्नुका प्रमुख उद्देश्यहरु प्रकाश पार्दै आयोजक संस्था तमू धीं यूकेका बरिष्ठ उपाध्यक्ष तथा मेला आयोजनाका संयोजक हरी गुरुङले भने, ‘नेपाली मेलाले बेलायतमा रहेका बिभिन्न नेपाली समुदायबीच आपसी सदभाव, प्रेम र भातृत्वको विकास मात्रै गर्ने नभएर यसले स्थानीय समुदाय ९बेलायतीहरु० संघ हामीलाई घुलमिल भएर बस्न सिकाएको छ।’ उनले नेपाली मेलाले नेपाली वस्तु र सेवाको प्रवद्र्धन गर्ने र नेपालको पर्यटन उद्योगलाई समेत टेवा दिंदैआएको बताए ।

तेह्रौं नेपाली मेला पनि विगतमा झैं केप्टन पार्क रेसकोर्स मैदान मा विहान १० बजेदेखि बेलुकी ८ बजेसम्म लाग्नेछ । मेलामा जाने १२ बर्षभन्दा माथिकाहरुका लागि प्रवेश शुल्क पाँच पाउण्ड तोकिएको छ भने कार पार्किङको शुल्क दिनभरिका लागि ५ पाँच पाउण्ड र बस पार्किङको १० पाउण्ड तोकिएको छ ।