July 27, 2024, Saturday
२०८१ श्रावण १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेले गर्यो विशेष साधारणसभा बोलाउने निर्णय, प्रवक्ता भरतमणी चोङबाङ निलम्वित

एनआरएनए यूकेले गर्यो विशेष साधारणसभा बोलाउने निर्णय, प्रवक्ता भरतमणी चोङबाङ निलम्वित

लण्डन् । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेले विशेष साधारणसभा बोलाउने निर्णय गरेको छ । अध्यक्ष प्रेम गाहा मगरलाई संघले मंगलवार बर्खास्त गरेपछि एनआरएनए यूकेका उपाध्यक्ष मोहन कार्कीको अध्यक्षतामा बसेको बैठकले आगामी अक्टोवर २ तारिखभित्र संघको विशेष महाधिवेशन बोलाउने निर्णय गरेको हो ।

बैठकले यसअघि संघका महासचिव खुशी लिम्बुमाथि गरिएको कारवाही विधान विपरित भएको भन्दै उनलाई पुनः महासचिवको जिम्मेवारी समाल्न आग्रह गर्ने निर्णय गरेको छ ।

Advertisement

त्यस्तै बैठकले संघका प्रवक्ता भरतमणी चोङबाङले संघका बिरुद्ध भ्रम फैलाउने काम गरेको भन्दै प्रवक्ताबाट निलम्बन गरेको छ । निलम्बनमा परेका चोङबाङलाई कार्यसमितिले चित्तबुझ्दो स्पष्टिकरण माग्ने र तत् समयसम्मका लागि प्रवक्ताको कार्य उपाध्यक्षहरुको निर्देशनमा महासचिवबाटै सम्पादन गरिने निर्णय भएको छ ।

बैठकमा एनआरएनए यूकेका छ जनै उपाध्यक्ष र पदाधिकारीहरु सहित कार्यसमितिका जम्मा २२ जना सदस्यहरु जूममा उपस्थित थिए ।

बैठकमा बोल्ने वक्ताहरुले आइसीसीको पत्रअनुसार संघको विधान पालना गरेर अघि बढ्न पर्ने विचार व्यक्त गरेका थिए । बैठकले विशेष साधारणसभाको मिति र स्थान तोक्न उपाध्यक्षहरुलाई जिम्मा दिएको महासचिव खुशी लिम्बुले मिडियालाई जानकारी दिए ।