March 24, 2024, Sunday
२०८० चैत्र ११, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
संस्थामा विवाद देखाएर प्रेम गाहामगर समुहद्धारा चन्दा आतंक सुरु

संस्थामा विवाद देखाएर प्रेम गाहामगर समुहद्धारा चन्दा आतंक सुरु

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेका निवर्तमान अध्यक्ष प्रेम गाहा मगरले आफू बर्खास्त भएका एक साता नहुदैं चन्दा संकलन सुरु गरेका छन् । गैर–आवासीय नेपाली संघले गत मंगलवार बर्खास्त गरेपछि गाहा मगर समूहले संस्था बचाउने बहानामा विहिवारदेखि क्राउड फण्डिङको नाममा सर्वसाधारणबाट आर्थिक संकलन गर्ने घोषणा गरेका हुन् ।

सो समूहले एक भर्चुअल कार्यक्रमको आयोजना गर्दै संस्था बचाउने नाममा कमाउ धन्दाको सुरुवात गरेको हो ।

Advertisement

कार्यक्रममा बोल्दै अक्सफोर्ड निवासी लिलाराज काम्बाङले बेलायतस्थित नेपाली मिडियाले प्रकाशन गरेको समाचारबिरुद्ध प्रतिकार गर्न सुझाव दिए ।

कार्यक्रममा गेसो उपाध्यक्ष धर्मराज तामाङले गैर–आवासीय नेपाली संघ यूकेलाई भताभुङ्ग पारिएकोमा चिन्ता व्यक्त गरे । तामाङले संस्थालाई छिन्नभिन्न पार्ने अधिकार कसैलाई नभएको विचार व्यक्त गरे । उनले संस्थाको दुरुपयोग गरेर सदस्यहरुलाई कार्यवाही गर्ने, आर्थिक हिनामिना गर्ने अधिकार प्रेमगाहामगरलाई समेत नभएको बताए । उनले मतदाताको म्याण्डेटको कदर हुनु पर्नेमा जोड दिए ।

एनआरएनए यूकेका पूर्व अध्यक्ष प्रेम गाहा मगरद्धारा डाकिएको आपत्कालीन बैठक

संघका पूर्वउपाध्यक्ष थर्क सेनले योजनाबद्ध तरिकाले अघि बढ्नु पर्नेमा जोड दिए । उनले संघका महासचिद्धय एउटै देश अमेरिकाबाट भएको हुदाँ उनीहरु अवैधानिक हुनु पर्ने बताए । उनले संघका अध्यक्ष कुल आचार्यले सबैतिर बिगारेको आरोप लाए।