July 22, 2024, Monday
२०८१ श्रावण ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘लिम्बुवान, किरात’ आन्दोलनमा नागरिक समाजको ऐक्यबद्धता

‘लिम्बुवान, किरात’ आन्दोलनमा नागरिक समाजको ऐक्यबद्धता

लन्डन । नेपालको प्रदेश नम्बर एकको नामकरणमा चलिरहेको लिम्बुवान, किरात प्रदेश पक्षधरको आन्दोलनप्रति लिम्बुवान नागरिक समाज यूकेले आफ्नो ऐक्यबद्धता जाहेर गरेको छ । प्रदेश एकको नाम पहिचानमा आधारित हुनुपर्ने भन्दै समाजले आफ्नो ऐक्यबद्धता रहेको जनाएको हो ।

लिम्बुवान नागरिक समाज यूकेकाे विज्ञप्ति ।

‘नेपालको प्रदेश नं. १ को सरकार यतिबेला प्रदेशको नामाङकरण गर्न संसद अधिवेशन बोलाएर लागिपरिरहेको प्रति सिङ्गो देश तथा नेपाली जनताको ध्यान केन्द्रीत भएको छ । विगत एक दशकदेखि लिम्बुवान एकता र लिम्बुवान आन्दोलनको लागि विभिन्न रुपमा भूमिका निर्वाह गर्दै आएको संस्था लिम्बुवान नागरिक समाज युकेको पनि ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नागरिक समाज युकेले अरुण–सभायखोला पूर्व मेचीखोला पश्चिमको सम्पूर्ण भूभाग ऐतिहासिक आधारमा लिम्बुवान थियो र यो भूभागलाई पुन लिम्बुवान नै कायम गर्नुपर्ने मुद्दालाई केन्द्रमा राखेर लिम्बुवानी जनजागरण कार्यक्रमहरु गर्दै आएको छ । हाम्रो बुझाईमा बर्तमान प्रदेश नं. १ को भूभागले लिम्बुवान र किरात खम्बुवानको ऐतिहासिक भूमिलाई समेटेको छ । यी दुईवटा ऐतिहासिक राज्यहरु हुन् । लिम्बुवान र किरात खम्बुवान छुट्टाछुट्टै प्रदेशहरु बन्न सक्ने आधारहरु हुँदाहुँदै पनि सत्ताधारी राजनीतिक दलहरुले यी ऐतिहासिक राज्यहरुलाई एकैठाउँमा प्रदेश नं. १ को नाममा गोलमटोल पारीदिएको छ । यो हर्कतको नागरिक समाज युकेले विरोध गर्दै आएको छ । संधै यसको बिरुद्ध नागरिक समाज युके अनवरत आन्दोलित भईरहने पनि स्पष्ट पार्न चाहन्छौं ।’ समाजले लिम्बुवान किरात संयुक्त संघर्ष समितिको सबै चरणको आन्दोलनहरुमा ऐक्यबद्धता व्यक्त गरेको छ । विज्ञप्तिमा समाजका अध्यक्ष छत्र वनेम र महासचिव लाहाङ चेम्जोङले हस्ताक्षर गरेको छ ।

Advertisement

विभिन्न सङ्गठनहरूको पनि ऐक्यबद्धता र समर्थन
यसैबीच, जारी लिम्बुवान, किरात प्रदेशको आन्दोलनमा अन्य संगठनहरूले समेत ऐक्यबद्धता समेत व्यक्त गरेका छन् । लिम्बुवान राष्ट्रिय मोर्चाले समेत द्वन्द्व व्यवस्थापनका लागि तत्काललाई लिम्बुवान, किरात प्रदेशको नाम उपयुक्त हुने धारणा अघि सारेको छ । मोर्चाका अध्यक्ष दिल पालुङ्वाले जारी गरेको विज्ञप्तिमा लिम्बुवानबिनाको नाम प्रस्ताव गरे अशान्ति निम्तने चेतावनी समेत दिएको छ ।

लिम्बुवान राष्ट्रिय माेर्चाकाे विज्ञप्ति ।

यसैगरी, याक्थुङ लेखक संघ, उपत्यका समितिले समेत लिम्बुवान, किरातको पहिचान बाहेका खोला, नाला र पहाडको नामबाट नामाङ्कन गर्ने धृष्टता व्यक्त गरे संघर्ष गर्ने जनाएको छ । मञ्चले पहिचानको अवमूल्यन गर्दै पश्चगामी सोँचले नामकरण नगर्न दलहरूलाई सचेत गराउँदै विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा अध्यक्ष शनि लिम्बु र सचिव मञ्जु जवेगू लिम्बुले हस्ताक्षर गरेका छन् ।

याक्थुङ युवा मञ्च काठमाडौँ उपत्यकाकाे विज्ञप्ति ।

यस्तै, नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन) यूके अध्यक्ष कर्मा पहाडी शेर्पाले समेत प्रदेश एकका लागि लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले गरेको आन्दोलनमा सङ्गठनकाे ऐक्यबद्धता रहेको जनाएको छ । नेफिन यूके र अन्य आदिवासी सङ्गठनहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा नेफिन यूके अध्यक्ष शेर्पा र।महासचिव विमला सेने, आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) यूके अध्यक्ष गाेमा राना मगर, आदिवासी जनजाति महिला महासङ्घ यूके अध्यक्ष शान्तकला राई र आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ यूके संयाेजक अमित थेवेले हस्ताक्षर गरेका छन् ।