April 23, 2024, Tuesday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाली मेलाको साँस्कृतिक नृत्य र झाँकी प्रस्तुति दुवैमा किराया यूकेलाई दोहोरो सफलता, चुम्लुङलाई सान्तवना पुरस्कार

नेपाली मेलाको साँस्कृतिक नृत्य र झाँकी प्रस्तुति दुवैमा किराया यूकेलाई दोहोरो सफलता, चुम्लुङलाई सान्तवना पुरस्कार

लण्डन – बेलायतमा रहेका चार किराँती समुदायहरुमध्ये किराँत राई यायोक्खा (किराया) यूके र किराँत याक्थुङ चुम्लुङ (कियाचू) यूके दुवैले यस बर्षको नेपाली मेलामा छुट्टा छुट्टै सफलताहरु हात पारेका छन् । गत आइतबार पश्चिम लण्डनको केम्प्टन पार्कमा भएको नेपाली मेलामा किराया यूके र कियाचू यूके दुवैले सांस्कृतिक नृत्य र झाँकी प्रदर्शन बेग्लावेग्लै प्रतियोगिताहरुमा सफलता हात पारेका हुन् ।

किराया यूकेका अध्यक्ष मेजर योगेश राई जातिहरुको सांस्कृतिक झाँकी र साँस्कृतिक नृत्य दुवै प्रतियोगिताहरुमा तृतीय हुने आफ्ना टोलीहरुको लागि दुई छुट्टा छुट्टै नगद पुरस्कार र प्रमाणपत्रहरु ग्रहण गर्दै

सांस्कृतिक नृत्य र झाँकी प्रदर्शन दुवै प्रतियोगिताहरुमा किराया यूकेले तेस्रो स्थान (सेकेण्ड रनर्स–अप) हात पार्यो । अध्यक्ष मेजर योगेश राईको नेतृत्वमा गएको किराया यूकेको टोलीले दुवै क्याटेगोरीका लागि बेग्लाबेग्लै प्रमाण पत्र र दुई सय दुई सय नगद पुरस्कार थापे । त्यस्तै, अध्यक्ष नरवीर आङबोको नेतृत्वमा कियाचु युकेले पनि सांस्कृतिक प्रस्तुतिमा सान्ववना पुरस्कार प्राप्त गर्यो । महासचिव जुरेन्द्र खजुमको संयोजकत्वमा कियाचु यूकेले भने च्याब्रुङ नाच र धान नाच प्रर्दशन गरेको थियो ।

Advertisement

साँस्कृतिक नृत्य प्रतियोगितामा यस पटक तमु समाज युके प्रथम र घान्द्रुक समाज युके प्रथम उपविजेता बने। विजेता र उपविजेताहरूले क्रमशः £५०० र £३०० नगद पुरस्कार प्राप्त गरे। नृत्य प्रतियोगितामा सरु रानामगर, कृष्ण गुरुङ र कविता घर्तीमगर गुरुङ निर्णायक थिए ।

यस बर्षको एम्बेसडर कप भने घान्द्रुक समाजले जितेर £११०० नगद समेत हात पार्यो । मेलामा प्रस्तुत सांस्कृतिक झाँकी र नृत्यहरुमध्ये सर्वोत्कृष्ट बन्दै यस वर्षको एम्बेस्डर कप घान्द्रुक समाज यूकेले जीत हासिल गरेको हो। गत वर्षको विजेता सिक्लेस पार्चे समाज यूके दोस्रो र तमु समाज यूके तेस्रो स्थान प्राप्त गर्न सफल भए।

गत अगस्ट २८ मा लागेको मेलामा बेलायतस्थित नेपालका छिमेकी मुलुक भारत, पाकिस्तान र बंगलादेशका कूटनीतिज्ञहरुलगायत करिब ५ हजार नेपाली तथा अन्य पर्यवेक्षकको सहभागिता रहेको थियो ।

कार्यक्रममा बेलायतका रहेका नेपाली संघ–संस्थाहरुमध्ये झण्डै तीन दर्जनले जातीय तथा सामाजिक संघसंस्थाहरुले केम्पटन पार्क रेसकोर्समा आफ्नो मौलिक कला, संस्कृति, वेशभूषा र परम्पराहरु प्रदर्शन गरेर उपस्थित दर्शकहरूलाई भरपूर आनन्द र जानकारी दिलाए।

बेलायतमा हुने सबैभन्दा ठूला वार्षिक नेपाली कार्यक्रमहरुमध्येकै एक, १३औँ नेपाली मेलामा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथिको रुपमो बोल्दै नेपाली राजदूतले बेलायतमा अर्को सिंगो नेपाल झल्किएको बताए । उनले नेपालबाट हजारौं माइल टाढा भए पनि नेपाली कला, संस्कृति, परम्परा, भेषभुषा र भाषालाई जीवन्त बनाउन नेपाली मेलाले महत्वपूर्ण भूमिका खेलेको बताए ।

मेलाको नारा ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ थियो । लण्डनस्थित नेपाली दूतावास मेलाको सहआयोजक रहेको थियो ।

मेलाको प्रमुख आयोजक तमु धीं यूकेका अध्यक्ष हितकाजी गुरुङले नेपाली मेला सन् २००९ देखि नै एक सबैको साझा मेला भएको बताए । उनले आर्थिक अन्य विभिन्न चुनौतिहरुका बावजुद पनि मेला सफल बनाउन सहयोग गर्ने सबै सहभागी, प्रायोजक र दर्शकहरुलाई धन्यवाद दिए ।

कार्यक्रमको पहिलो सत्रको संचालन तमू धीं युकेका महासचिव परशुराम गुरुङले गरेका थिए भने बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक हरी गुरुङले मेलाको उद्देश्य र उद्देश्यबारे प्रकाश पारेका थिए । बरिष्ठ उपाध्यक्ष गुरुङले नेपाली मेलाले नेपाली संस्कृतिको परिचय दिने र युवा पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरे ।