November 15, 2025, Saturday
२०८२ कार्तिक ३०, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेप्सेको वेबसाइट ह्याक, कारोबार विवरण नदेखिने समस्या

नेप्सेको वेबसाइट ह्याक, कारोबार विवरण नदेखिने समस्या

काठमाडौं- नेपाल स्टक एक्सचेन्जको साइट ह्याक भएको छ। पछिल्लो समयमा नेप्सेको आधिकारिक वेबसाइट nepalstock.com.np र nepalstock.com मा कारोबारसम्बन्धी विवरण ढिलो देखिने, निश्चित क्षेत्रमा निश्चित समयका लागि कारोबार विवरण नदेखिने समस्या देखिदै आएको छ।

यस्तो समस्या देखिनुमा दुवै वेभसाइटबाट विभिन्न कोड प्रयोग गरी अनधिकृत रुपमा ठूलो परिमाणमा विवरण तान्ने प्रयास निरन्तर भइरहेको नेप्सेले जनाएको छ।

Advertisement

यसले गर्दा नेप्सेको वेबसाइटमा विवरण हेर्न खोज्ने संख्या कृतिम रुपमा अत्याधिक बढेको र सर्वसाधारण प्रयोगकर्तालाई असुविधा भएपछि नेप्सेले अन्य प्राविधिक उपाय अपनाउन सुरु गरेको छ।