February 15, 2026, Sunday
२०८२ फाल्गुन ४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चोरले खसी खोरमै काटेर चोरेर लगे

चोरले खसी खोरमै काटेर चोरेर लगे

असाेज ०५, रौतहट । रौतहटमा अनौठो तरिका खसी चोरि भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिकाको ठोकरटोलका दामोदर काफ्ले र शान्तिनगर चोकका भक्त महतको खसी चोरले खोरमै काटेर चोरेर लगेका छन् ।

आइतबार राति आफ्नो घरकै खोरमा बाधेर राखेको खसीको घाँटी रेटेर आन्द्राभुडी खोरमै फ्यालेर बाकी भाग चोरेर लगेको भक्त महतले बताउनुभयो । उहाँले आफ्नो करिब २५ किलोको खसी चोरी भएको बताउँदै पछिल्लो समय चन्द्रपुरमा खसी चोरहरुको बिगबिगी बढेको गुनासो पनि गर्नुभयो।

Advertisement

यता काफ्लेको पनि अन्दाजी ४० किलो खसी चोरले सोही तरिका अपनाएर चोरेको हो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले खोरमै खसी काटेर चोरी गर्ने हरुको खोजी भैरहेको र चांडै पक्राउ पर्ने जनाएको छ ।