April 1, 2026, Wednesday
२०८२ चैत्र १८, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
महानगरले स्थगित गरेकाे खोप अभियान सोमबारदेखि पुन: सुचारु

महानगरले स्थगित गरेकाे खोप अभियान सोमबारदेखि पुन: सुचारु

काठमाडौं – काठमाडौं महानगरपालिकाले स्थगित गरेको खोप अभियान सोमबारदेखि  पुन: सञ्चालन गर्ने भएको छ। ६० देखि ६१ वर्ष उमेर समूहकालाई पहिलो मात्राको डोज खोप साेमबार र मंगलबार दुई दिन लगाउने महानगरपालिकाका जनस्वास्थ्य प्रशासक प्रमुख बद्रीबहादुर खड्काले  सूचना जारी गरी जानकारी दिएका छन्।

खड्गाका अनुसार  बिहान १० बजेदेखि चार बजेसम्म खोप अभियान सञ्चालन गरिनेछ। ३१ गते सोमबार खोप वीर अस्पताल,शिक्षण अस्पताल महाराजगंजमा लगाइनेछ। त्यस्तै,१ गते मंगलबार  वीरेन्द्र सैनिक अस्पताल छाउनी र निजामती कर्मचारी अस्पताल बानेश्नरमा लगाइनेछ।

Advertisement

महानगरपालिकाले यसअघि महानगरभित्रको सबै वडामा खोप कार्यक्रम सञ्चालन गरेपनि २७ गतदेखि खोप लगाउने कार्यक्रम रोकेको थियो।