इवाहाङ वंशीहरूकाे पहिलो महाधिवेशन सम्पन्न
धनकुटा । याक्थुङ लिम्बू समुदायभित्र रहेका इवाहाङ वंशीहरूकाे पहिलो केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । शनिबार इवाहाङ वंश विकास समितिकाे प्रथम ऐतिहासिक केन्द्रीय महाधिवेशन सम्पन्न भएको हाे ।
साँगुरीगढी गाउँपालिका वार्ड नं-२ गैरीगाउँमा सम्पन्न भएकाे महाधिवेशन प्रदेश नम्बर एकका पूर्व प्रदेश प्रमुख प्रा.डा गाेविन्द तुम्बाहाङकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे ।धनकुटा जिल्लाभित्रका जातीय संघसंस्था,लिम्बूजन्य थरगत/थुमगत प्रतिनिधित्व गराई र सा.गा.पा.का वडाध्यक्षहरु समेत उपस्थित भएका थिए ।
उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान ज्येष्ठ नागरिक, सरकारी ओहाेदामा ख्याति प्राप्त ४० जना व्यक्तित्वहरुलाई समेत सम्मान गरी खुल्ला सत्र कार्यक्रम समापन भएकाे थियो । त्यस्तै गरि दुई दिने लामाे बन्द सत्र कार्यक्रमले सर्व-सहमतमा निर्विराेध रूपमा के.वी इवाहाङकाे अध्यक्षतामा ३१ सदस्यीय केन्द्रीय कार्य समिति चयन गरेकाे छ।
समितिकाे वरिष्ठ उपाध्यक्षमा प्रेम कुमार इवाहाङ, उपाध्यक्षहरूमा निर्मला खवाहाङ, विष्णु इवाहाङ, महासचिवमा रमेश इवाहाङ, सचिवमा मणि प्रसाद इवाहाङ, काेषध्यक्षमा गीता चेम्जोङ छन् । त्यस्तै, सदस्यहरूमा राजेश इवाहाङ, क्षितिज इवाहाङ, नरेन्द्र इवाहाङ, मान प्र.इवाहाङ, छत्र इवाहाङ, कुमारी इवाहाङ, रमा इवाहाङ, सन्त इवाहाङ, मार्कुश इवाहाङ, सुरत इवाहाङ, धन ब.इवाहाङ, सुरेन्द्र इवाहाङ(धरान), शान्ति इवाहाङ, पूर्ण ब. इवाहाङ, सुरेन्द्र इवाहाङ(पंचायन), डि.वी इवाहाङ, लाेक ब.इवाहाङ, पम्फादेवी नेम्वाङ, हस्त ब.इवाहाङ, लक्ष्मी इवाहाङ, फिपराज इवाहाङ, किताबसिं इवाहाङ, गंगाध्वज इवाहाङ, उषा चेम्जाेङ रहेका छन् ।



प्रतिकृया दिनुहोस्