November 22, 2025, Saturday
२०८२ मंसिर ७, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रदेश एककाे योजना आयोग उपाध्यक्षमा डा. लक्सम नियुक्त

प्रदेश एककाे योजना आयोग उपाध्यक्षमा डा. लक्सम नियुक्त

विराटनगर । प्रदेश नंं. १ को मन्त्रिपरिषद् बैठकले आज प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गरेको छ। बैठकले पान्थरका डा. पूर्ण लक्सम प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हाे। लक्सम यसअघि प्रदेश योजना आयोगको सदस्य थिए । उनले बेलायतबाट अर्थशास्त्रमा विद्यावारिधि हासिल गरेका हुन् ।

त्यस्तै आयोगका अन्य सदस्यहरूमा डा. ज्ञानेन्द्रबहादुर कार्की(संखुवासभा), नारायण कोइराला(सुनसरी), प्रकाश राई(भोजपुर) र अञ्जु खड्का(मोरङ)लाई नियुक्त गरिएको छ। साथै बैठकले प्रदेश यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र प्रसाद घिमिरेलाई प्रवक्ता तोक्ने निर्णय गरेको छ।

Advertisement

बैठकले सगरमाथा टिन्स क्लब (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ लाई संशोधन गरी सो सम्बन्धमा बनेको नयाँ कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय समेत गरेको छ। उक्त बैठकले स्मृति प्रतिष्ठान, फाउण्डेसन र अध्ययन केन्द्रलाई अनुदान रकम प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७८ स्वीकृतलगायत निर्णय गरेकोे छ।