
पहिरोमा परेकाकाे उद्धारका लागि ताप्लेजुङमा हेलिकोप्टर पुग्दै
सिनाम । ताप्लेजुङ जिल्ला सिरिजङ्गा गाँउपालिका–७ खेवाङमा बिहीबार राति गएको पहिरोमा परेर घाइते भएकाहरूको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा पुगेको छ । अविरल बर्षसंगैको पहिरोमा परेर घाइते भएका ३५ वर्षीय विष्णु अधिकारीलाई हेलिकोप्टरमार्फत सदरमुकाममा रहेको हेलिप्याडमा ल्याएर उपचार गर्ने र थप उपचार गर्नुपर्ने भएमा त्यही हेलिकोप्टरबाटै विराटनगर पठाउने तयारी छ। हेलिप्याडमा घाइतेको उपचारका लागि डक्टरहरु पुगिसकेको…