April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
वीरगञ्जमा भाेलिदेखि अनिश्चितकालीन निषेधाज्ञा

वीरगञ्जमा भाेलिदेखि अनिश्चितकालीन निषेधाज्ञा

पर्सा – जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेकाे सर्वपक्षीय बैठकले साउन १० शनिबार बिहान ५ बजेदेखि वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे छ ।

यसअघि बिहीबार जिल्लाको सुरक्षा समितिको बैठक बसेको थियो । सुरक्षा समितिको बैठकले बृहत् सर्वपक्षीय बैठककाे माध्यमबाट निर्णय लिने भनेपछि शुक्रबार सर्वपक्षीय बैठक बसेको हो ।

Advertisement

कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा देखिएकाे आशङ्कापछि स्थानीय प्रशासनले राजनीतिक दल व्यवसायीसहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो ।

कोरोना भाइरसको सङ्क्रमण रोक्न आवत जावत र परीक्षणकाे दायरा बढाउँदै लैजाने निर्णय भएकाे छ । स्थानीय प्रशासन र पालिकाले आमनागरिकलाई सहयोग गर्नका लागि अपिलसमेत गरेको छ ।