May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भारतीय व्यवसायीद्धारा नेपाली उत्पादनमा अवरोध

भारतीय व्यवसायीद्धारा नेपाली उत्पादनमा अवरोध

काठमाडौं – नेपाल राष्ट्र बैंकले अघिल्लो साता सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७६  र७७ को पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार १० खर्बभन्दा बढीले ऋणात्मक रह्यो ।  उक्त अवधिमा नेपालले सबैभन्दा ठूलो व्यापारिक साझेदार भारतबाट ६ खर्ब ७१ अर्बको आयात गरेको थियो भने निर्यात करिब ६३ अर्ब मात्र भएको थियो । तर निर्यातको यति सानो हिस्सामा पनि पछिल्लो समय भारतीय व्यवसायीको वक्रदृष्टि पर्न थालेको छ । 

त्यसका लागि उनीहरूले समय–समयमा नेपाली उत्पादनको निर्यातमा अवरोध गर्न थालेका छन् । तिनै व्यवसायीको प्रभावमा परेर भारतले नेपाली उत्पादनमा गैरभन्सार अवरोध लगाउन थालेको छ ।त्यसको पछिल्लो उदाहरण हो, जेठ अन्तिम साता नेपालबाट गर्न लागिएको अलैंची र चिया निर्यातमा अवरोध । जेठ अन्तिम साता पश्चिम बंगाल प्रहरीले नेपालबाट गएका अलैंची र चिया बोकेको २२ ट्रकलाई सीमामै रोके । जब कि एउटा अम्रिसो बोकेको ट्रक र दुइवटा अलैंची बोकेका ट्रकलाई भने छाडिएको थियो । 

Advertisement

माथिको आदेश भन्दै बंगाल प्रहरीले ट्रक रोकेको थियो ।   भारत सरकारले नेपालबाट हुने वैदेशिक व्यापारलाई जारी राख्ने प्रतिबद्धता जनाइरहँदा ती ट्रक रोकिएका थिए ।