May 8, 2024, Wednesday
२०८१ बैशाख २६, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
देशका विभिन्न भू-भागमा कस्तो रहला आजको मौसम ?

देशका विभिन्न भू-भागमा कस्तो रहला आजको मौसम ?

काठमाडौं, ११ साउन । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। साथै नेपालको दक्षिण भू-भाग नजिक मनसुन न्युन चापीय रेखा रहेको छ । अहिले देशभर सामान्य बदली रही थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको माैसम यसप्रकार रहने छ ।

Advertisement

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्य बदली रही केही स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र सुदुर पश्चिम  प्रदेशका एक वा दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना रहेको छ ।