May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विद्यालाई बाबुरामको चुनौती: ‘राजनीति गर्ने भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनौं न त’

विद्यालाई बाबुरामको चुनौती: ‘राजनीति गर्ने भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनौं न त’

काठमाडौं, ११ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार काठमाडौंका ३० सम्पादकहरुलाई राष्ट्रपति कार्यालय शितलनिवास बोलाइन् । झण्डै दुई घण्टा लामो छलफलपछि उनले सम्पादकहरुलाई भनिन्, ‘आज बोलिएका कुरा अफ दि रेकर्ड हुन् है’ भनेको चर्चा सञ्चारमाध्यममा आयो ।

यो प्रसंग अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । यही घटनाक्रमलाई लिएर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीति नै गर्ने भए राष्ट्रपति भण्डारीलाई प्रत्यक्ष निर्वाचित राष्ट्रपति बन्न चुनौती दिएका छन् ।

Advertisement

शनिबार साँझ उनले एक ट्वीट सन्देशमार्फत् प्रश्न गरेका छन्, ‘हामीले देशमा राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना गरेको आफु नयाँ राजाररानी बन्न हैन । ३० जना सम्पादक बोलाएर दुई घण्टासम्म जनतालाई बताउन नहुने कुरा राष्ट्राध्यक्षले गर्न मिल्छ र ’

उनले अगाडी प्रस्ताव राखेका छन्, ‘गफै मात्र गर्न त बेरोजगार मान्छे सडकबाट टिपे भैहाल्यो । राजनीति गर्ने भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनौं न त ।’

पछिल्लो समय डा। भट्टराई आवद्ध रहेको जनता समाजवादी पार्टीले भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डालाई स्थगन गरेको छ ।