May 12, 2024, Sunday
२०८१ बैशाख ३०, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
तरकारीको मूल्य सातामै दुई गुणा वृद्धि, उपभोत्ता र किसान परे मर्कामा

तरकारीको मूल्य सातामै दुई गुणा वृद्धि, उपभोत्ता र किसान परे मर्कामा

काठमाडौं – लगातारको वर्षा र बाढी पहिरोको कारण तरकारीको मूल्य सात दिनमै दोब्बर बढेको छ ।

कालिमाटी तरकारी तथा फलफूल थोक बजार संघका अध्यक्ष भरत खतिवडाले अविरल वर्षाका कारण उपत्यकामा हरियो तरकारीको मूल्य बढेको बताए । विभिन्न ठाउँमा बाढीपहिरो आउँदा काठमाडौं उपत्यका आउने तरकारीको आपूर्ति कम भएको उनले बताए । बजारमा आपूर्ति कम हुँदा तरकारीको मूल्य बढ्नु स्वाभाविक भएको खतिवडाको भनाइ छ । उनका अनुसार उपभोक्ताले सहज मूल्यमा तरकारी पाउन काठमाडौं उपत्यकामा दैनिक १३ सय मेट्रिक टन आउनुपर्छ ।

Advertisement

खतिवडाले भने, ‘अहिले विभिन्न ठाउँमा पानी परिरहेकाले दैनिक ५ सयदेखि ६ सय मेट्रिक टन मात्र हरियो तरकारी आउँछ । तरकारीको आपूर्ति नै कम हुँदा उपत्यकामा पछिल्लो साता तरकारीको मूल्य बढेको हो ।’

वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अविरल वर्षाका कारण हरियो तरकारीको मूल्य बढेको बताए ।