April 28, 2024, Sunday
२०८१ बैशाख १७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रञ्जन श्रीमति हत्या प्रकरणः आज सुनुवाई हुदैँ, पुनरावलोकन मुद्दा न्यायाधीश श्रेष्ठ, ढुंगाना र रेग्मीले हेर्ने

रञ्जन श्रीमति हत्या प्रकरणः आज सुनुवाई हुदैँ, पुनरावलोकन मुद्दा न्यायाधीश श्रेष्ठ, ढुंगाना र रेग्मीले हेर्ने

काठमाडौं – पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउन सर्वोच्च अदालतका प्रधानन्यायाधीश सहितको बेन्चले गरेको फैसलाविरुद्धको पुनरावलोकन मुद्दामा आज सुनुवाई हुँदैछ ।

महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकन मागको मुद्दा न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको बेन्चमा परेको छ ।

Advertisement

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले पूर्वडीआईजी कोइरालाको मुद्दाको सजायँ कटौती गर्ने निर्णय गर्नुभएको थियो । जसको सर्वत्र आलोचना भइरहेको छ ।

आफैंले गरेको फैसलाको पुनरावलोकन मुद्दामा पेशी तोक्न नमिल्ने बताइए पनि प्रधानन्यायाधीश राणाले भने आइतबार अदालतमा आफैं उपस्थित भई तीन न्यायाधीशको बेन्चमा पेशी तोक्नुभएको हो ।

यसबारेमा प्रधानन्यायधीश राणाले शनिबार बालुवाटारस्थित निवासमा सर्वोच्च अदालतका न्यायाधीशहरुसँग परामर्श समेत गर्नुभएको बताइएको छ ।