April 23, 2024, Tuesday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोना संक्रमणबाट नेपालमा भारतीय व्यवसायीको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा भारतीय व्यवसायीको मृत्यु

वीरगन्ज — नारायणी अस्थाई कोरोना अस्पतालमा भर्ना भई उपचार गराइरहेका एक भारतीय नागरिकको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ । शनिबार गरिएको आरडिटी परीक्षणमा उनको एन्टिबडी पोजिटिभ देखिएको थियो । उनको पीसीआर परीक्षणको रिर्पोट आउन बाँकी छ । 

वीरगन्जको आर्दशनगरस्थित रुंगटा मार्केटमा पसल व्यवसाय गरिरहेका ६५ वर्षीय भारतीय नागरिकको आइतबार बिहान मृत्यु भएको कोरोना अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहले बताए ।

Advertisement

सिंहका अनुसार उनी मुटु रोगी थिए भने मधुमेहले समेत पीडित थिए । शनिबार दिउँसो ज्वरो, खोकी, स्वासप्रस्वाशमा समस्या लिएर उनी नारायणी अस्पतालको आकस्मिक विभागमा आएका थिए । ‘आकस्मिक कक्षमै उनको आरडीटी परीक्षण गरियो, पोजिटिभ आएपछि स्वाब संकलन गरि राति करिब ८ बजे कोरोना अस्पताल रेफर गरिएको थियो ।’