April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रहरी कार्यालयका थप १९ जनामा कोरोना संक्रमण

प्रहरी कार्यालयका थप १९ जनामा कोरोना संक्रमण

११ साउन, विराटनगर । प्रदेश नं. १ प्रहरी कार्यालय, विराटनगरमा कार्यरत थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगर र धरानमा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपाल प्रहरीका एक उच्च अधिकृतले रिपोर्ट आएको पुष्टि गरेका छन् । प्रदेश प्रहरीका प्रवक्ता एसपी दीपक पोखरेलले केहीमा संक्रमण देखिएको बताए पनि स‌ंख्या खुलाएनन् । उनले भने, ‘सबै विवरण आइसकेको छैन, हामी पनि बुझ्दैछौं ।’

Advertisement

यसअघि ५ जना प्रहरी अधिकारीमा संक्रमण देखिएपछि सबै प्रहरीलाई क्वारेन्टिनमा राखेर परीक्षण थालिएको थियो । त्यसक्रममा कोरोना पुष्टि भएको हो ।