April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

रक्षामन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूतबीच भेट, राजदूतले राखे एमसीसीबारे चासो

काठमाडौँ — रक्षामन्त्री ईश्वर पोखरेल र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच आइतबार भेट भएको छ ।

उपप्रधानमन्त्री समेत रहेका रक्षा मन्त्री पोखरेललाई मन्त्रालयमा भेट गर्दै राजदूत बेरीले एमसीसीका विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेका थिए ।

Advertisement

सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अनुमोदन गर्न हुने र नहुने पक्षमा विभाजित भएका बेला राजदूत बेरीले मन्त्री पोखरेललाई भेट गरेका हुन् ।

भेटमा राजदूत बेरीले एमसीसीको विषय के भइरहेको छ भन्दै चासो राखेको रक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता सन्तबहादुर सुनारले बताए । भेटमा बेरीले विश्वका अन्य देशहरुबाट माग भइरहेको सन्दर्भमा नेपालले किन ढिला गरिरहेको छ भन्दै चासो राखेको सहसचिव सुनारले बताए ।

रक्षामन्त्री पोखरेलले सरकारले गम्भीर छलफल गरिरहेको बताएका थिए ।