May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
शिक्षासुरक्षित मातृत्वसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन गर्न विभिन्न मन्त्रालयलाई निर्देशन

शिक्षासुरक्षित मातृत्वसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन गर्न विभिन्न मन्त्रालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले ‘सुरक्षित मातृत्व तथा प्रजजन स्वास्थ्य अधिकार ऐन, २०७५’ को प्रभावकारी कार्यान्वयनका लागि विभिन्न मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकमा भएको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका सन्दर्भमा प्रसूति बिदाको अभ्यास’सम्बन्धी छलफलपछि ऐनको प्रभावकारी कार्यान्वयनका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा, गृह मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको हो ।

Advertisement

त्यसैगरी समितिले सुरक्षित मातृत्व तथा प्रजजन स्वास्थ्य अधिकारको उपभोगमा कानूनबमोजिमको अभ्यास गर्ने व्यवस्था मिलाउन, आवश्यक संयोजन गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।

समिति सभापति निरुदेवी पालले भनिन्, “कतिपय महिलासम्बन्धी कानूनी प्रावधान बाझिएका कारण पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्ने सन्दर्भमा यस्ता कानूनी प्रावधानको पहिचान गर्न तथा प्रभावकारी कार्यान्वयन नहुनुका कारणसमेत अध्ययन गर्न र सोको जानकारी समितिलाई गराउन यो बैठक राष्ट्रिय महिला आयोगलाई निर्देश गर्दछ ।”