April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कांग्रेसले गरेको कारबाही प्रति डा. कोइरालाको असन्तुष्टि

कांग्रेसले गरेको कारबाही प्रति डा. कोइरालाको असन्तुष्टि

साउन ११, नेपाली कांग्रेसले गोविन्दराज जोशीसहित ३ जना नेतालाई पार्टीबाट निष्कासन गरेकोमा डा. शेखर कोइरालाले असन्तुष्टि जनाएका छन् । 

डा. कोइरालाले उनीहरूले लोकतन्त्रका पक्षमा बगाएको रगत पसिनाको अवमूल्यन भएको भन्दै त्यसको विरोध गरेका हुन्

Advertisement

कांग्रेसले शनिवार गोविन्दराज जोशी, पुष्कर नाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निष्कासन गरेको थियो । 

उनले एकातिर अन्य पार्टीबाट आएकालाई कांग्रेसमा प्रवेश गराउँदै गर्दा अर्कातिर आफ्ना नेतालाई निष्कासन गर्नु गलत रहेको टिप्पणी गरे । यसले पार्टी र कार्यकर्तामा गलत सन्देश जाने उनको भनाइ छ । 

उनले लेखेका छन्, ‘एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउँदैछौँ, अर्कोतिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका वरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौं । यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ ? आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर गोविन्दराज जोशी, पुष्कर नाथ ओझा र रामबहादुर विष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो । उहाँहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाउनुभएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ ।’