April 23, 2024, Tuesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एक सय २८ देशसँग नेपालको व्यापार घाटा

एक सय २८ देशसँग नेपालको व्यापार घाटा

साउन ११ , गएको आर्थिक वर्ष २०७६/०७७ मा नेपालको व्यापार घाटा ११ खर्ब ६४ करोड रुपैयाँ रहेको छ ।

नेपालले एक सय ५६ वटा देशसँग वैदेशिक व्यापार गरेको छ । एक सय २८ वटा देशसँगको नेपालको व्यापार घाटामा रहेको छ । तर २८ वटा देशसँग भने नेपालको व्यापार नाफामा रहेको छ । तर ती देशसँगको व्यापार नाफा अति नै थोरै रहेको छ । २८ देशसँग नेपालको व्यापार जम्मा ५४ करोड २४ लाख रुपैयाँ नाफामा रहेको छ । 

Advertisement

यी हुन् नेपालको नाफा व्यापार रहेका २८ वटा देश–

यमन, ट्रिनिडाड एण्ड टिबागो, सियरा लियोन, नाइजर,  न्यु सेलेडोनिया, मौरिसस, मोनाको, मौरीसानिया, माल्दिभ्स, काजकिस्तान, ग्रीस,  इस्टोनिया, इस्ट टिमोर, डेनमार्क, क्रोयसिया, कोटे डे आइभोर, कङ्गो, केन्या, कोलम्बिया, चाड, क्यामरुन, बुरुण्डी, बोलिभिया, बोस्निया हर्जगोभिना, बहमास, अरमानिया, अल्जेरिया र अफगानिस्तान ।