April 21, 2024, Sunday
२०८१ बैशाख ९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अस्पतालबाट रेफर गर्दा बाटोमै मृत्यु  युवकमा कोरोना संक्रमण पुष्टि

अस्पतालबाट रेफर गर्दा बाटोमै मृत्यु युवकमा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम । धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ज्वरो र रुघाखोकी लागेर जनकपुरधाम स्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका- ८ डुमरियाका ३८ बर्षीय युवकको थप उपचारका लागि धरान लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको थियो ।

Advertisement

प्रदेश २ को स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले आइतबार साँझ  ७ बजे युवकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोना संक्रमितको मृत्यु भएपछि सुरक्षा सतर्कता अपनाउने सम्बन्धी छलफल भइरहेको जानकारी दिए ।