April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पैसा लिएर कुरियर डेलिभर नगरेको अभियोगमा शाह  पक्राउ

पैसा लिएर कुरियर डेलिभर नगरेको अभियोगमा शाह पक्राउ

काठमाडौं । पैसा लिएर कुरियर डेलिभर नगरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिज कुरियर सर्भिसका धिरज शाह छन् ।

उनलाई प्रहरीको अपराध अनुसन्धान महाशाखा, बानेश्वरले जनकपुरबाट पक्राउ गरेको हो । भारतीय कम्पनीबाट अनलाइनमार्फत नेपालमा सामान डेलिभर गर्ने शाहले बताएका थिए ।

Advertisement

उनले आफूलाई कम्पनीको नेपाल प्रतिनिधिका रुपमा परिचित गराउने गरेका थिए । तर, रकम लिएर सामान डेलिभर नगरेको अभियोग उनीमाथि छ ।

शाहविरुद्ध ८ जनाले किटानी जाहेरी दिएका छन् । उनले ३ लाख २५ हजार रुपैयाँ ठगी गरेको निवेदन छ ।

शाहबाट अन्य पनि ठगिएको हुनसक्ने आशंका प्रहरीको छ । महाशाखाका एसएसपी दिपक थापाले शाहबाट पीडित अन्य व्यक्ति पनि भए, प्रहरी कहाँ सम्पर्क गर्न भनेका छन् ।

शाहविरुद्ध मुलुकी अपराध संहिताको ठगी सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने प्रहरी तयारी छ ।