May 5, 2024, Sunday
२०८१ बैशाख २४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोना संक्रमणका कारण साउदीमा एक नेपालीको मृत्यु

कोरोना संक्रमणका कारण साउदीमा एक नेपालीको मृत्यु

काठमाण्डौँ – कोरोना भाइरस सङ्क्रमणका कारण साउदी अरबमा एक नेपाली युवकको ज्यान गएको छ ।

साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेका स्याङ्जा गल्याङ नगरपालिका–८ घर भएका रोशन श्रेष्ठको ज्यान गएको हो ।

Advertisement

एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्णपङ्गेनीका अनुसार श्रेष्ठ नेपालमा लकडाउन हुनुभन्दा एक दिनअघि साउदी पुगेका थिए ।

एनए मिडियाका म्यानेजिङ डाइरेक्टरसमेत रहेका श्रेष्ठ स्याङ्जा सहयोग समाजलगायतका सङ्घसंस्थामा सक्रिय थिए । श्रेष्ठ साउदीमा श्रीमतिसँगै बस्दै आएका थिए ।