गर्मी सिजनमा तौल घटाउन सजिलो हुन्छ, अपनाउनुस यी उपाय !
एजेन्सी – गर्मी सिजनमा तौल घटाउन सजिलो हुन्छ भन्ने कुरा थोरैलाई मात्र थाहा छ । त्यसैले यस सिजनमा तौल कम गर्न बढी प्रयास गर्नुहोस् ।
१. बढी भन्दा बढी पानी पिउनुहोस् – तौल कम गर्न पानीको मात्रा बढाउदा निकै सहज हुन्छ । जसले शरीरमा एनर्जी जिवित राख्दछ । शरिरमा आलस्यता आउन दिदैन ।
२. फास्टफूड नखानुहोस् – फास्टफूडबाट टाढै रहनु फाइदा जनक हुन्छ । फास्टफूडमा हाई क्यालोरी हुने भएकाले शरीरमा बोसोको मात्रा बढाउछ।
जसले हिडडुलमा समस्या हुन्छ ।
३. स्टार्च जन्य खानेकुरा नखानुहोस् – चीनी र स्टार्च भएका खानेकुरा नखानुनै बेस हुन्छ । स्टार्च जन्य खानेकुरा भन्नाले – आलु, पापड़, पेस्ट्री, ब्रेड, चामल आदी सेवन पटक्कै नगर्नुहोस् । यसो गर्नाले छोटो समयमै तौल घटाउन सहयोग मिल्दछ ।
४. प्रोटीन युक्त आहार – खानामा बढि प्रोटीन पाइने आहारहरु खानुहोस् । दाल, अण्डा, मासु आदीको सेवन सन्तुलित रुपमा खानामा सामेल गर्नुहोस् ।
५. हरीयो तरकारीको सेवन- उमालेर बनाइएको हरियो सब्जिको झोल सेवन गर्दा तौल घटाउनलाई राहत पुग्दछ ।
६. क्यालोरीमा ध्यान दिनुहोस् – तपाई दिनमा कति क्यालोरी लिनुहुन्छ त्यसमा ध्यान दिन आवश्यक छ । यसबाट के खाएर तौल बढिरहेको थाहा पाउन सकिन्छ । जसले तपाईलाई हानि पुर्याइ रहेको छ सो चीज खान छोड्दिनुहोस ।
७.नियमित खानपान – तौल कम गर्नको लागि धेरै मानिसहरुले खानपीननै छोडि दिने गर्छन् । तर त्यो गल्ती झुक्किएर पनि गर्नु हुदैन । खानपीन नियमित नभए शरीर शिथिल हुदै जान्छ र हामीले चाहेको प्रतिफल प्राप्त हुदैन ।
८. खानु अघि हिड्नुहोस् – कयौ मानिस खाए पछि मात्रै हिड्ने गर्दछन् । कारण खाना पचाउने भन्ने उनीहरुको मानसिकता हो । तर यो कुरा बिलकुल ठिक होइन । अब त्यस्तो गल्ती नगर्दै तपाई खानु पहिले हिडडुल गर्नुहोस्। यसरी हिडडुल गर्नाले पाचन प्रणाली राम्रो हुन्छ र क्यालोरी नष्ट गर्न सहयोग पुग्दछ । यसर्थ क्यालोरीनै मोटोपनाको मुख्य कारण हो भन्ने बुझ्नु पर्दछ ।
९. खानेकुरा कम गर्नुहोस- यदी तपाई छाकमा ५ वटा रोटी खानुहुन्छ भने त्यसलाई कम गरेर ३ वटा सम्म पुर्याउनुहोस् । जसले तौल कम गर्न मद्दत गर्नेछ ।
प्रतिकृया दिनुहोस्