April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कालिकोटमा पिहराे: एकजना बेपत्ता

कालिकोटमा पिहराे: एकजना बेपत्ता

कालिकोटका विभिन्न ठाउँमा पहिरो खस्दा विद्युत तथा अन्य सेवाहरु प्रभावित भएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका ९ लालुको खुलालु लालु सडकखण्डअन्तरगत गर्खेको भीरमा पहिरो खस्दा एकजना स्थानीय पहिरोमा पुरिएका छन् ।

आइतबार पहिरोमा परेर १६ वर्षीय पारस भण्डारी पुरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीयाले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिएका भण्डारीको उद्धारका लागि नेपाली सेना, नेपालल प्रहरी र सशस्त्र प्रहरीको टोली घटना स्थलमा रहेको र निरन्तर वर्षासँगै पहिरो खसिरहेकाले उद्धार गर्न सकिएको छैन् । 
 प्रहरीका अनुसार गर्खे भीरमा चट्टान फुटेर पहिरो खसेको छ । उक्त पहिरो अहिले पनि रोकिएको छैन् । पहिरो रोकिना साथ पुरिएका भण्डारीको खोजी गरिने प्रहरीले जनाएको छ । 

Advertisement

यस्तै जिल्लाको पचालझरना गाउँपालिका ४ स्थित लाफागाड लघुजलविद्युत आयोजना पहिरोका कारण अवरुद्ध भएको छ । गत वर्षको साउन महिनादेखि नै नियमित सूचारु भएको उक्त विद्युत आयोजना पहिरोका कारण ५० मिटर क्यानेल भत्काइ दिएपछि अवरुद्ध भएको हो । 

लाफागाड लघुजलविद्युत आयोजनाका अध्यक्ष बिष्णुलाल न्यौपानेले पहिरोका कारण जलविद्युत आयोजना अवरुद्ध भएपछि पचालझरना गाउँपालिकाका विभिन्न वडाका करिब ८ सय घरधुरी अन्धकार बनेको बताए । 

उनले ३ करोड ५ लाख उधारोमा एक वर्ष अगाडि विद्युत आयोजना संचालनमा ल्याएमा पनि ऋण तिर्न बाँकी नै छ।उनले भने, ‘लाफागाड लघु जलविद्युत आयोजनाको कुल लागत ७ करोड ४८ लाख लगानी भएको छ । हालसम्म २ करोड ४२ लाख २५ हजार बैकल्पिक उर्जाको अनुदान, प्रदेश सरकारबाट यसै आबमा १ करोड र पचालझरना गाउँपालिकाले १ करोड १५ लाख गरी ३ करोड ५७ लाख ५२ हजार बजेट प्राप्त भएको छ।’

अझै आयोजना निर्माणमा भएको खर्च व्यवस्थापन गर्न सकिएको छैन् ।८५ किलोवाट क्षमताको लाफागाड लघुजलविद्युत आयोजनाबाट पचालझरना गाउँपालिकाका ८ सय बढी घरधुरी लाभान्वित भएका छन् ।

अझै सबै विद्युत खपत भएको छैन् । यस्तै जिल्लाको सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका र सान्नीत्रिवेणी गाँउपालिकामा बिद्युत सेवा विस्तार भएको पोत्मारा साना जलविद्युत आयोजना पनि पहिरोका कारण साउन २ गतेबाट अवरुद्ध छ । 

नेपाल विद्युत प्राधिकरण कालिकोट वितरण केन्द्रका प्रमुख मेगराज जोसीले पहिरोका कारण पोत्माराको विद्युत उत्पादन पूर्ण रुपमा बन्द रहेको जानकारी दिए । उनका अनुसार करिब ३२ मिटर क्यानेल पहिरोले बगाएको छ । उक्त स्थानमा जाली भरेर पाइपमार्फत पानी पास गर्न रास्कोट श्रम रोजगार बैंकमा आवद्ध युवाहरुले काम गरिरहेका छन्।

विध्युत उत्पादन बन्द भएपछि कालिकोट अन्धकार भएको छ । पोत्माराकै विद्युतको भरमा रहेको टेलिकमबाट हुने नेट इन्टरनेटका साथै टेलिफोन सेवा तथा अन्य सरकारी कार्यालयको काम समेत प्रभावित भएको छ ।