April 23, 2024, Tuesday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आपतमा परेका ३५ हजार नेपालीको उद्धार

आपतमा परेका ३५ हजार नेपालीको उद्धार

भारतबाहेक अन्य मुलुकमा आपतमा परेका झन्डै ३५ हजार नेपालीको उद्धार गरिएको छ । तथ्याङ्कअनुसार ३५ हजार नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ ।

त्यसैगरी विदेशमा निधन भएका २२१ भन्दा बढी नेपालीको शव ल्याएर आफन्तलाई जिम्मा लगाइएको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जनाएको छ ।

Advertisement

नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसाको समय सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका नेपालीको उद्धार गरिएको हो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।