May 13, 2025, Tuesday
२०८२ बैशाख ३०, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
देशका विभिन्न ठाउँमा भारी वर्षा, आगामी ३ दिन देशका ६ वटा नदीमा बाढीको जोखिम

देशका विभिन्न ठाउँमा भारी वर्षा, आगामी ३ दिन देशका ६ वटा नदीमा बाढीको जोखिम

काठमाडौं- आगामी ३ दिन कन्काई, कोसी, नारायणी, तिनाउ, पश्चिम राप्ती र बबईमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

प्रदेश १, प्रदेश ५, गण्डकी तथा सुदूरपश्चिम प्रदेश भई बग्ने साना नदीहरु केहीमा बहाव सतर्कता तहमा पुग्न सक्ने र केहीमा खतराको तहमा पुग्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपाउन आग्रह गरेको छ। 

Advertisement

लगातारको भारी वर्षाका कारण तमोर नदीले धनकुटाको मुलघाटमा सतर्कता तह पार गरेको जनाउँदै महाशाखाले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।