April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कञ्चनपुरमा अवैध रूपमा नेपाल  भित्र्याइरहेकाे कुखुरा बरामद

कञ्चनपुरमा अवैध रूपमा नेपाल भित्र्याइरहेकाे कुखुरा बरामद

साउन १३, बलौरी । नेपाल सशस्त्र प्रहरीले भारतीय खुला सीमा-नाकाबाट नेपाल भित्र्याइरहेकाे अवस्थामा अवैध ब्राेइलर कुखुरा बरामद गरेको छ । मंगलबार बिहान सीमा सुरक्षा बाेर्डर आउट पाेष्ट बेलाैरीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक श्यामु रानाकाे नेतृत्वमा खटिएको गस्ती टाेलीले १ सय ५० किलाेग्राम बराबर अवैध कुखुरा बरामद गरेको कञ्चनपुर सशस्त्र प्रहरी प्रमुख वीरसिंह शाहुले बताए ।

टाेलीले बेलाैरी नगरपालिका वडा नं ६ भुराकाेट सीमावर्ती क्षेत्रबाट उक्त कुखुरा बरामद गरेको बाेर्डर आउट पाेष्ट बेलाैरीका सशस्त्र प्रहरी नायव उपरीक्षक गंगादत्त पन्तले जानकारी दिए । बरामद कुखुरा स्थानीय एवम् सराेकारवालहरुकाे राेहबरमा नष्ट गरिने बताए ।

Advertisement

साेमबार) मात्रै सशस्त्र प्रहरी निरीक्षक राेशन नाथकाे नेतृत्वमा खटिएको माेबाइल गस्ती टाेलीले पुनर्वास नगरपालिका- ६, जमुनाघारीबाट लाखौं रूपैयाँ बराबरका हर्डवेयरका समान बरामद गरी भन्सार कार्यालयमा चलान  गरेकाे थियो ।

यससँगै पछिल्लो लकडाउनकाे समयमा कञ्चनपुरको दक्षिणी क्षेत्रकाे जिम्मेवारी सम्हाल्दै बाेर्डर आउट पाेष्ट बेलाैरी आउनुभएका सशस्त्र प्रहरी नायब उपरीक्षक पन्त नेतृत्वको टाेलीले दिन प्रतिदिन अवैध सामग्री बरामद गरिरहेको छ । नायव उपरीक्षक पन्तकाे उल्लेखनिय कार्यशैली उदाहरणीय रहेको कञ्चनपुर सशस्त्र प्रहरी प्रमुख गणपति शाहुकाे भनाइ छ ।